Wednesday, August 22, 2018
Home > मनोरञ्जन > मिस नेपाल २०१८ को उपाधि खतिवडालाई

मिस नेपाल २०१८ को उपाधि खतिवडालाई


सञ्चारक
काठमाडौं, चैत २९ ।
मिस नेपाल २०१८ को उपाधि श्रीङ्खला खतिवडाले जितेकी छिन् । काठमाडौमा गएराति भएको प्रतियोगिताको फाइनलमा निर्णायकको अन्तिम प्रश्नको जवाफ दिदैं खतिवडाले मिस नेपालको ताज पहिरिएकी हुन् ।

उनलाई मिस नेपाल २०१७ निकिता चाण्डकले ताज पहिर्याइदिएकी थिइन् । उनले पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्चर पढेकी हुन् । श्रीङ्खला एमाले नेता तथा सांसद बिरोध खतिवडाकी छोरी हुन् ।

उनले मिस नेपालसहित पपुलर च्वाइस र मिस फ्यासिनोको पनि उपाधि जितिन् । यस्तै, मिस नेपाल यूनिभर्स र मिस ग्ल्यामरको उपाधि गोरखाकी मनिता देवकोटाले जितिन् । मिस नेपाल अर्थको ताज जितेकी काठमाडौंकी प्रिया सिग्देलले मिस ब्यूटीको पनि उपाधि हात पारिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: