Wednesday, February 26, 2020
Home > breaking > वडा अध्यक्षमाथि आक्रमण

वडा अध्यक्षमाथि आक्रमण

चितवन, चैत २८ ।
भरतपुर महानगरपालिका वडा नं १० का वडाध्यक्ष अरुण पीडित भण्डारीमाथि मंगलबार आक्रमण भएको छ ।

अपराह्न ४ः३० बजेको समयमा नारायणगढ बजारमा उहाँमाथि अज्ञात समूहले आक्रमण गरेको हो ।

घाइते भण्डारीका अनुसार मोबाइल मर्मतका लागि नारायणगढ बजार गएको समयमा आक्रमण भएको छ । सिद्धी आयल अगाडि रोकी राखेको गाडी चढ्न लाग्दा आफूमाथि एक्कासि आक्रमण भएको उहाँले बताउनुभयो ।

भरतपुर अस्पतालमा उपचाररत भण्डारीले भन्नुभयो, “गाडी नजिक पुगेको समयमा एक्कासि पछाडिबाट उडेर के आए जस्तो भयो, म एक्कासी भुइँमा लडेँ, त्यसपछि मोबिल छर्किएर टाउकामा ढुंगा प्रहार गरे ।” आक्रमण गर्ने व्यक्ति होचोहोचो कदको र टोपी लगाएको आफूले प्रष्ट देखेको उहाँले बताउनुभयो ।

आक्रमणकारीले मुख छोपेकाले अनुहार भने प्रष्ट नदेखेको उहाँले बताउनुभयो । भण्डारीको टाउको र कुहिनोमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले आक्रमणकारीको खोजी भइरहेको बताउनुभयो । कसले आक्रमण गरेको हो भन्ने एकीन हुन नसकेको उहाँको भनाइ छ । रासस

%d bloggers like this: