Thursday, October 17, 2019
Home > breaking > अज्ञात समुहद्धारा धर्मगुरु श्रीनिवासमाथि गोली प्रहार

अज्ञात समुहद्धारा धर्मगुरु श्रीनिवासमाथि गोली प्रहार


सञ्चारक
मोरङ, चैत २५ ।
हिन्दु धर्मगुरु श्रीनिवासमाथि विराटनगरमा गएराति अज्ञात समुहद्धारा गोली प्रहार भएको छ । हिजोराति १ बजेतिर विराटनगर महानगरपालिका – १४ जतुवामा उनीमाथि गोली प्रहार भएको स्थानीय बासिन्दाले जनाएका छन् ।

श्रीनिवासको न्यूरो अस्पताल विराटनगरमै उपचार भइरहेको छ भने उनलाई तीन गोली लागेका छन् । कोशी अञ्चल अस्पतालले उपचार गर्न नसकेपछि उनलाई न्यूरोमा उपचार भइरहेको र काठमाडौंबाट सर्जनहरुको टोली विराटनगर जान लागेको पनि अस्पतालमा रहेका उनका शुभचिन्तक र स्थानीयबासिन्दाले जनाएका छन् । सुनसरीको चतारा धाममा बस्दै आएका श्रीनिवासलाई फोनबाट यसअघि पनि पटकपटक गोली हान्ने धम्की आउने गरेको थियो ।

%d bloggers like this: