Tuesday, June 25, 2019
Home > breaking > घाइते लामाको उपचारका क्रममा मृत्यु

घाइते लामाको उपचारका क्रममा मृत्यु

जाजरकोट, चैत १६ ।
जाजरकोट—डोल्पा सडकखण्डअन्तर्गत वैरीताल, चिसापानीबीचमा रहेको भेरी नदीमा निर्माण भएको पुलबाट लडेर घाइते भएका मजदूरको उपचारका क्रममा मृत्यु भएको छ ।

पुलबाट खसेर गम्भीर घाइते भएका बारा गढीमाई नगरपालिका–१५ का २५ वर्षीय सूर्य लामाको उपचारको क्रममा जाजरकोट अस्पतालमा बिहीबार राति मृत्यु भएको हो । चैत ११ गते पुल निर्माणको काम गर्दैगर्दा लामा लडेर घाइते भएका थिए ।

मृतक लामाको शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो । रासस

%d bloggers like this: