Saturday, June 23, 2018
Home > विचार/अन्तर्वार्ता > किन माथि उठ्दैन काठमाडौंको महिमा?

किन माथि उठ्दैन काठमाडौंको महिमा?


सञ्चारक
काठमाडौँ, चैत १४ ।
भूमिराज पिठातोली

बुधबार बिहानै रत्नपार्कको छेउछाउमा फोहोरका थुप्रो स–साना डङ्गुरहरु देखा परे । राजधानीका लागि नयाँ आउनेलाई भने राजधानी राजधानी जस्तो नलाग्न सक्छ । किनकी सोचेभन्दा निकै फरक छ राजधानी काठमाडौं ।

समाचारमा सुनिए भन्दा पनि राजधानी प्रत्यक्ष अवलोकन गर्न पाउँदा निकै निकै फरक पाइन्छ । एउटै कुरामा मात्र होइन, सबैकरामा यस्तै हो । राजधानीमा काम, कार्बाही र सरोकारवाला निकायको मौनता नै प्रदुषण बनेको जानकारहरुको बुझाइ छ । सुखको सयलमा बस्नेदेखि लिएर दुखको बिगान्तमा बस्ने नेपालीहरुको एकरुपता हुने कुरै भएन तर त्यसलाई श्रेणीबद्ध तरिकाले ब्यवस्था गर्नुपनि राज्य निकायको कर्तब्य हो ।

सरकारी सेवा सुबिधाहरुबाट बञ्चित हुने नागरिक र सरकार सुबिधाकै महलको स्वादमा रमाउने पनि नागरिक छन । तिनलाई एकरुपता दिन नसक्नु पनि बिभेदपूर्ण काम हो ।

कुनै दिनमा बिश्वको अर्थतन्त्रमा बलियो, अरुलाई पनि सहयोग गर्ने देश आज अन्य राष्ट्रलाई भिख माग्दैछ । कारण हो आफैंले सदुपयोग गर्नु नसक्नु । जसले गर्दा बर्सेनी ऋण थुुपार्नु परेको छ । देशको पुँजीलाई ब्यवस्थापन गर्नु नसक्नु, भएको पुँजीलाई पनि बाँडचुड गरी कार्यकर्ता पाल्नमै जाँदा न देशमा ठूला भौतिक पूर्बाधारहरु निर्माण हुन सके न त अन्य मुलुकको दाँजोमा पर्न सक्यो ।

महाठूलो लाजमर्दो कुरा त के छ भने संसारका सबैभन्दा दुषित सहर मध्यमा पर्ने गर्छ काठमाडौं । त्यस्तै नेपालको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल । जसले सधैं आम पब्लिकलाई पोलिरहेको छ । काम गर्नेलााई बाताबरण दिइदैन । अबसर पाएकाहरु आफ्नो र आफन्तको भुँडी भर्नमै मरिहत्य गर्छन । जुन देशमा जम्मा भएको पुँजी क्षणभरमै बिलिन हुन्छ ।

राजधानीका सडक सेताम्य छन । सुन्दर भएर सेताम्य बनाइएका होइनन । धुलो माटोले बनाएका सेताम्य सडक छन । बिहान नयाँ पोसाकमा हिड्यो बेलुका फर्कदा महिनौं दिनसम्म सफा नगरेको जस्तो कपडा, त्यस्तै शरीर हुने ।

राजधानी काठमाडौंलाई ‘धुलोमाडौं’को उपमा दिएर ब्यङ्गग्य गरिरहेका छन कतिपयले । देशको केन्द्र जहाँ यो अवस्था छ । माक्स नलगाएर हिड्ने मान्छे प्राय कमै देखिन्छन । बिदेशीहरुले सधैं खिल्ली उडाएकै हुन्छन ।

नयाँ सडक इन्जिनियरले नक्सा पास गरी नै बनाएका हुन्छन । तर पक्की भैसकेको सडक केही दिनमा भत्किन सुरु हुन्छ । यो निर्माण कार्यमा सबैको लापरबाही भएको कारणले हो । एक जना प्राबिधिक आउँछ उसले आफ्नै तरिकाको इष्टमेट बनाएर काम गर्छ, अर्को प्राबिधिक आउँछ, उसले त्यो भएन भन्दै पुनः बनाउँन खोज्छ । उपत्यकामा साथै मुग्लिन सडक र मोफसल क्षेत्रतिरका सडकमा करिब करिब एउटै खर्च हुन लागिसक्यो । तरपनि सुधार गर्न सकेको छैन ।

यसरी लापरबाही गर्नेहरु अरबौंका मालिक भैसक्छन केही बर्षमै । आएको बजेटको ५० प्रतिशत निर्माण कार्यमा र बाँकी भागबण्डा गरेर खादैमा । यसरी नै खस्किदैछ काठमाडौंको महिमा ।

पछिल्लो समय काठमाडौं सहर घुम्न आउनेहरु आन्तरिक र बाह्य पर्यटक धेरै कम पाइन्छन । किनकी काठमाडौं घुम्न आउने स्वस्थ ब्यक्ति बिरामी भएर फर्किन्छ काठमाडौंको फोहोरले ।

दिनानुदिन मुल्य आकासिदै छ । ब्यवसायीहरुको अहमता बढ्दैछ । घरमालिकहरुलाई पैसाको बिटोले पुग्दैन । महिना कहिले मर्ला र भाडा उठाउँला भनेर पर्खाइमा बसेका हुन्छन घरमालिकहरु, यतिसम्मकी ‘आफ्नो लाग्ने सबै खर्च पनि कोठामा बस्नेले तिरोस’ भन्ने सोच्छन । यसरी पैसाका भोकीहरु भएका हुन्छन ।

जनताले तिरेको करको दुरुपयोग गर्दै महल र चिल्ला गाडीहरु चढ्ने तथा सहर केन्द्रीत भइ शोषणबाटै महल बनाउनेहरुले जनताका पीर मर्का बुझ्न मान्ने कुरै छैन । यस्तै कारणले त जन्मियो होला क्रान्तिकारीहरु ।

जनताले तिरेको करको दुरुपयोग गर्ने फेरी जनताकै ढाडमा टेक्नेहरुले गर्दा देश नै खोक्रो भएको हो । केही बर्ष अगाडी बिकास सहितको परिवर्तन चाहानेहरु पछिल्लो समयमा बिनास हुदै गएको टिका टिप्पणी गर्दैछन । बेथिति कुराहरु बढ्दैछन । जसले सभ्य जनतालाई पनि त्यो अवस्थामा धकेल्दैछन । सरकारी निकायबाट आफन्त बाहेक सर्बसाधारणले प्रायः थोरैले सेवा सुबिधा पाउँछन । पाइहालेमा ढिलो गरी ।

काठमाडौंमा बिभिन्न क्षेत्र हेर्ने हो भनेपनि खस्किदै गएको पाइन्छ । केही बर्ष अगाडी देशको राजधानी जान आतुर हुनेहरु पछिल्लो समयमा कामको बाध्यताले मात्र काठ्माडौं छिर्ने गर्छन । बिहान राम्रो पोशाकमा हिडेको मान्छे बेलुका काठमाडौंको धुलोले बिरामी भएर फर्कन्छ । यसमा जनताहरुले जति आवाज उठाए पनि सरकारी निकाय मौन नै छ ।

निर्वाचन जित्नु अघि जे जति आश्वासन देखाए राजधानीबासीलाई ती आश्वासनमै सीमित रहे । नयाँ कालोपत्रे बनेका सडकहरु महिनौं नपुग्दै भत्काइदै छन । किनकी अरु ठाउँमा खाली पैसा खाने आधार नै हुँदैन । बर्षौसम्म एउटै सडक बनाउने, फेरी भत्काउने, फेरी बनाउने । यसरी एउटै सडकमा अरबौं खर्च गर्दा न त्यो बिकास निर्माणको बजेट ग्रामीण भेग तिर जान पाउँछ, न राजधानीका सडक नै दिगो रुपमा टिक्छन । एकले अर्कालाई दोष लगाउँदैमा अल्मलमा परिदै गएको देखिन्छ ।

बिकासका पूर्वाधारहरु सडक, खानेपानी, यातायात, स्वास्थ्य जस्ता प्रत्यक्ष जनतासंग जोडिएका छन । त्यसमा हाहाकारको अवस्था सृजना हुदैछ । लाखौं जनता राजधानीमा बस्छन बिभिन्न अभाबका बिच । बिश्वमा नै ब्राजिल पछिको दोश्रो धनी देश नेपाल पानी तथा बनजंगलमा । तर काठमाडौंमा पानी नकिन्ने हो भने भोकै बस्नुपर्छ ।

देशभरीबाटै संकलन भएको राजश्वको जनता शासकहरुलाई भागबण्डा गर्दैमा पुगेको छैन । उनीहरुलाई भ्रमण, उनीहरुका बालबालिकालाई शिक्षादीक्षा, चिल्ला गाडी मोटरमा सबारी, बिदेशमा गएर उपचार गर्दैमा सकिन्छ देशभरी उठेको राजश्व । अनि कसरी बन्छ देश रु कसरी बन्छ समाज रु कसरी हुन्छ बिकासका पूर्वाधारहरु रु

काठमाडौं घुमेको मान्छे दोश्रो पटक जान मान्दैन, किनकी त्यो परिबेश नबुझेर राजधानीको सपना देखेको हुन्छ । जुन देखेको भन्दा उल्टो फेला पार्छ राजधानीमा । काम गरेर खाने भन्दा मागेर खानेहरु बढिरहेका छन । लुटेराहरु, भ्रष्टाचारी तथा चाकरीबाजहरु दिनानुदिन बढ्दै गएका छन । बस्नलाई घरहरुका कोठाहरु पाइदैन । पाइहालेमा त्यसको मुल्य नै तिर्न नसकिने अवस्था हुन्छ ।

जताततै कालो बजारी । प्रहरी प्रशासन मौन दर्शक भएको हुन्छ । राजधानीका सडकका छेउछाउमा नयाँ ग्रामीण सडक जस्तै देखिन्छन । जताततै धुलाम्य बाताबरण छ । बर्षेनी लाखौं बिदेशी पर्यटकहरु भित्र्याउने लक्ष्य राखेको हुन्छ, तर दिनानुदिन धुलाम्य सडकै कारणले घट्दैछन । बिकृति बिसंगतिको जताततै बाताबरणले धमिलिदै जाँनाले सबैले बेवास्ता गर्दै आएका छन ।

रत्नपार्क तथा ठमेल क्षेत्रको चर्तिकलाले झनै आम सभ्य नेपालीलाई पोलिरहेको छ । बेश्याबृत्ति जस्तो फोहोरी खेल त्यसै ठाउँमा छ । पूरुष तथा महिला बेश्यालाई प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छैन । कुनै काम बिशेषले त्यो ठाउँमा सभ्य नारी तथा पुरुषहरु गएमा समाजले अनेक दृष्टिले हेर्ने गर्छन । अनेक दृष्टि लगाउनुपर्ने बाताबरण त्यसै समाजले निम्त्याएको हो ।

बेश्याबृत्तिमा लागेका महिलाहरु यातायातको प्रयोग गर्दा बिद्यार्थी परिचय पत्र सहित साथमा बोकेर हिड्ने । त्यो पनि नक्कली । बिद्यालयको नै बेज्जत भएको एक जना क्याम्पसका प्राध्यापकको गुनासो । ‘गाडीमा यात्रा गर्दा त्यस्तै महिला भेटिएपछि सबैभन्दा त हाम्रै कलेजका नक्कली बिद्यार्थी कार्ड बनेका रहेछन । अब अति नै भैसक्यो । प्रशासनमा उजुरी गर्नुपर्ला जस्तो भैसक्यो ।’ गाडीमा उनको भनाई ।

राजधानी जस्तो ठाउँको अवस्था यो गतिमा अगाडी बढ्ने हो भने केही बर्षमा बिश्वकै सबैभन्दा फोहोर सहर भनेर घोषणा गर्न बेर नहोला । खुला ठाउँमा चुरोट तथा जाडरक्सी । लुटपाट, बेचबिखन जस्ता कुकार्य कामले असभ्य नागरिक र समाजको परिचय दिइरहेका छन ।
देशको राजधानीलाई साँच्चिकै सुन्दर सहर बनाउँने हो भने आम जनतामा चेतना सहित सुधारोन्मुख तिर लाग्न सबै निकायले सबैले ध्यान दिनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: