Thursday, June 20, 2019
Home > breaking > राप्रपाले सांगठनिक अवस्था अध्ययन गर्ने

राप्रपाले सांगठनिक अवस्था अध्ययन गर्ने


काठमाडौँ, चैत १३ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले प्रदेश नं १ र ५ का केही जिल्लामा पार्टीको सांगठनिक अवस्थाको वस्तुस्थितिको अध्ययन गर्ने भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि ताप्लेजुङ, पाँचथर, इलाम, मोरङ, झापा, उदयपुर, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, खोटाङ, संखुवासभा, कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम, बाजुरा, दार्चुलालगायत जिल्लामा वास्तविकता अध्ययन गर्न लागेको छ ।

राजनीतिक अवस्थाको अध्ययन तथा संगठन विस्तारको अभियान यही चैत १५ गतेदेखि शुरु गरी चैत मसान्तभित्र प्रतिवेदन तयार गरिने पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।

अध्यक्ष भारततर्फ
राप्रपा(प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्य परीक्षणका लागि आज भारत प्रस्थान गर्नुभएको छ । नयाँदिल्लीस्थित आयुर्वेदिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि उहाँको भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग भेटघाटको कार्यक्रम तय गरिएको पार्टीका प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

नेता राणाले भारतीय नेताहरूसँगको भेटका साथै औद्योगिक लगानी वृद्धि गर्न उद्योगीहरुलाई आग्रह गर्नुहुने बताइएको छ । करीब एक साताको भ्रमणका क्रममा उहाँले पारिवारिक भेटघाट र केही सामाजिक कार्यमा पनि सहभागिता जनाउनुहुनेछ । रासस

%d bloggers like this: