Friday, April 19, 2019
Home > breaking > सांसद केसीद्वारा पत्रकारिता पुरस्कार कोषलाई सहयोग

सांसद केसीद्वारा पत्रकारिता पुरस्कार कोषलाई सहयोग

म्याग्दी, चैत १२ ।
प्रेस सेन्टर नेपाल म्याग्दीद्वारा स्थापित पत्रकारिता पुरस्कार कोषमा प्रदेश ४ का प्रदेशसभा सदस्य विनोद केसीले आर्थिक सहयोग गर्नुभएको छ ।
दुई वर्षअघि सेन्टरले स्थापना गरेको कोषमा सांसद केसीले जनयुद्धका शहीद आफ्ना दाजु मदनको स्मृतिमा आइतबार रु २५ हजार उपलब्ध गराउनुभएको हो । सेन्टरले विसं २०७२ मा भीमदत्त चलचित्रको विशेष प्रदर्शनी गरेर शहीद पत्रकार कृष्णसेन इच्छुकको स्मृतिमा रु एक लाखको अक्षयकोष स्थापना गरेको थियो ।

सेन्टरको बैठकले पुरस्कारलाई कृष्णसेन मदन स्मृति नामाकरण गर्ने निर्णय गरेको सचिव सन्दीप खत्रीले बताउनुभयो । सोही कोषको ब्याजबाट प्रत्येक दुई वर्षमा जिल्लामा क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने व्यवस्था मिलाइएको छ । पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।
बैठकले सेन्टरका प्रदेश नं ४ का सहसचिव सन्तोष गौतमको संयोजकत्वमा शाखा अध्यक्ष कमल खत्री र सल्लाहकार सुवासकुमार सदस्य रहनुभएको तीन सदस्यीय छनोट समिति गठन गरेको छ । रासस

%d bloggers like this: