Thursday, April 26, 2018
Home > breaking > घरेलु उद्योग कार्यालयकी अधिकृत घुससहित पक्राउ

घरेलु उद्योग कार्यालयकी अधिकृत घुससहित पक्राउ


सञ्चारक
काठमाडौं, चैत ८ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु उद्योग दर्ता गर्न लिएको घुस रकमसहित घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरकी शाखा अधिकृत इन्दिरा गौतम (खनाल) पक्राउ गरेको छ ।

उनलाई ९ हजार रुपैयाँ घुससहित बुधबार कार्यकक्षबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।काठमाडौं हिडेन ट्रेजर नामको सिलाई बुनाई गार्मेन्ट उद्योग दर्ताका लागि आएका सेवाग्राहीलाई गार्मेन्टको नाम अंग्रेजीमा भएको हुँदा नेपालीमा चाहिन्छ भनी घुस मागेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: