Saturday, July 20, 2019
Home > breaking > कारको ठक्करबाट चितुवा म¥यो

कारको ठक्करबाट चितुवा म¥यो

वीरगञ्ज, चैत ६ ।
कारले ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेको एक चितुवा सोमबार मरेको छ ।

राति करीब ८ बजेतिर हेटौँडाबाट वीरगञ्जतर्फ आइरहेको बा१७च ५९४ नंको कारले आधाभार नजिकै चितुवालाई ठक्कर दिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो । जीवजन्तु प्रजातिमा चितुवा महत्वपूर्ण रहेको छ । पथलैयाबाट अमलेखगञ्जसम्म निकुञ्जको बीच बाटो भएर राजमार्ग गएकाले जनावरको ओहोरदोहोर हुने हुँदा चुनौती थपिँदै गएको छ । रासस

%d bloggers like this: