Tuesday, July 16, 2019
Home > breaking > फोनिज रोल्पाको अध्यक्षमा घर्तीमगर

फोनिज रोल्पाको अध्यक्षमा घर्तीमगर

रोल्पा, चैत ५  ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) रोल्पाको अध्यक्षमा हर्कबहादुर घर्तीमगर चयन हुनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रोल्पाको आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले घर्तीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमितिसमेत चयन गरेको छ ।

कार्यसमितिको पदाधिकारीमा खुवानी सुनारी मगर उपाध्यक्ष, कमानसिं पुनमगर सचिव, अञ्जली वाँठामगर सहसचिव र लक्ष्मी घर्तीमगर कोषाध्यक्ष चयन भएका छन् ।

नेपालका आदिवासी जनजाति पत्रकारले आफ्नो समुदायका मुद्दा फरक ढंगले उठाउनुपर्ने फोेनिजका केन्द्रीय सदस्य तथा मध्यपश्चिम संयोजक खेम बुढामगरले सुझाव दिनुभयो ।

अन्य समुदायका पत्रकारको तुलनामा आदिवासी जनजाति पत्रकारको भूमिका समाजमा दोहोरो हुने भएकाले सो जिम्मेवारी पूरा गरे मात्र आदिवासी जनजाति आन्दोलन सार्थक हुने बूढाको भनाइ थियो ।

फोनिजका मध्यपश्चिम संयोजक खेम बुढामगरको प्रमुख आतिथ्यतामा भएको उद्घाटन सत्रको अध्यक्षता अमरजित पुनमगरले गर्नुभएको थियो । रासस

%d bloggers like this: