Wednesday, April 24, 2019
Home > breaking > पोखरीमा डुबेर बेपत्ता

पोखरीमा डुबेर बेपत्ता

राजविराज, चैत ५ ।
सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टुपोखरीमा आज दिउँसो एकजना वृद्ध डुबेर बेपत्ता भएका छन् ।

राजविराज नगरपालिका–४ निवासी ५० वर्षीय मोहम्द साह आलम मियाँ पोखरीमा बेपत्ता भएको स्थानीय अकाश झाले बताउनुभयो ।

यता बेपत्ता मियाँलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासी अहिले खोजीमा कार्यमा जुटेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । रासस

%d bloggers like this: