Wednesday, April 24, 2019
Home > breaking > फूलले व्यावसायिक रुप लियो

फूलले व्यावसायिक रुप लियो

बर्दिवास, चैत ५ ।
महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता व्यावसायिक फूलखेती निकै फस्टाएको छ । पछिल्ला केही वर्षयता बजारमा फूलको माग बढ्दै गएपछि यहाँ यो खेती फस्टाउँदै गएको हो । फूल घर वरिपरि सजावटका लागिमात्र लगाइने गरेकामा अहिले यहाँका महिलाले व्यावसायिक रुप दिन थालेका हुन् ।

दुई वर्षअघि करेसा वरिपरिको फूलबाटै राम्रो आम्दानी पाइएपछि त्यसयता लगातार फूलखेती बढाउँदै यसपालि दुई कट्ठामा पु¥याइएको भङ्गाहा नगरपालिका–४ की रामपरी महतोले बताउनुभयो । “परार घर वरिपरि १०० वटा जति सयपत्री फूलका बोट थिए”, महतोले भन्नुभयो, “चाडपर्व, विवाह÷व्रतबन्ध र वर्षैभरि आयोजना हुने धार्मिक पूजाआजा र अनुष्ठानका लागि बाह्रै महिना फूल खोज्न आउँछन् । अनि फूल खेती बढाएकी हुँ ।” पोहोर सालदेखि त व्यापारी नै फूल खोज्दै आफ्नो बस्ती आउन थालेका महतोको भनाइ छ ।

त्यसैगरी बर्दिवास नगरपालिका–७ मनहरीपुरकी गृहिणी बिना खत्रीले पनि दुई वर्षयता पूmल खेती बढाउँदै लानुभएको छ । “पहिले पहिले त घरको शोभा र यसो घरमै पूजाआजा गर्न केही बोट फूल लगाउने गरेकी थिए”, खत्रीले भन्नुभयो, “पोहोर तिहारताका व्यापारी घरै आएर नसोचेको रकम दिँदै पूmल मागेपछि त खेती नै गरौँ भन्ने लागेर दुई कट्ठाजतिमा फूल लगाउन थालेकी हुँ ।” यसपालि त असोज पहिलो सातामा भएको स्थानीय तहको चुनाव, तिहार, मंसिरको चुनाव र भर्खरै बितेको महाशिवरात्रि पर्वमा गरी फूलबाटै रु २५ हजारभन्दा बढी रकम लिइसकिएको खत्रीको भनाइ छ । रासस

%d bloggers like this: