Wednesday, April 24, 2019
Home > पत्रपत्रिकाबाट > सहकारीको शरणमा बैंक !

सहकारीको शरणमा बैंक !

काठमाडौं, चैत ५ ।
लगानीयोग्य पुँजी (तरलता)को अभाव भएपछि बैंकहर निक्षेप संकलन गर्न सहकारी संस्था धाउन थालेका छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।

ऋण लगानी गर्न रकम नभएपछि आकर्षक ब्याजदरसहितको योजना लिएर बैंकहरु सहकारी संस्थाको कार्यालय पुग्न थालेका हुन् ।

बैंकमा प्रशस्त लागनीयोग्य पुँजी भएका बेला सहकारी संस्थाको निक्षेपलाई खासै ध्यान नदिने बैंकहरु अहिले भने उच्च ब्याज दिने प्रलोभनसहित सहकारी संस्थामा जान थालेका छन् ।

%d bloggers like this: