Wednesday, April 24, 2019
Home > breaking > मुख्यमन्त्री भट्टलाई अपांग महासंघको ज्ञापनपत्र

मुख्यमन्त्री भट्टलाई अपांग महासंघको ज्ञापनपत्र

कैलाली, चैत ५ ।
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सबैलाई महसुस हुने किसिमको कानून निर्माण गर्नमा प्रदेश सरकार लाग्ने बताउनुभएको छ ।

आइतबार राष्ट्रिय अपांग महासंघ कैलालीले प्रदेश नं ७ मा अपांगता भएका व्यक्तिको मुख्य सवाल सम्बोधनका सम्बन्धमा मुख्यमन्त्री भट्टलाई बुझाएको ज्ञापनपत्र बुझेपछि उहाँले अपांगताका सवालमा नेपालको संविधानमा जुन कानून छ त्योभन्दा पनि राम्रो, सहज र सबैले महसुस हुने किसिमको कानून निर्माण गर्नका लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभयो ।

महासंघले मुख्यमन्त्री भट्टलाई बुझाएको ज्ञापनपत्रमा स्थानीय तहबाट अपांगता परिचयपत्रको डिजिटल वितरण प्रणालीको विकास गर्नुृपर्ने, अपांगता आरक्षण कोटा निर्धारण परिचयपत्रको वर्गीकरण, निःशुल्क उच्च शिक्षा, निःशुल्क स्वास्थ्य उपचार, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा अपांगतामैत्री शौचालय निर्माणलगायतका २१ बुँदे मागपत्र प्रस्तुत गरेको थियो । रासस

%d bloggers like this: