Wednesday, April 24, 2019
Home > breaking > विकास बजेटलाई आफ्नो पेवाधन सम्झेर व्रहमलुट मच्चाइरहेको राप्रपाको आरोप

विकास बजेटलाई आफ्नो पेवाधन सम्झेर व्रहमलुट मच्चाइरहेको राप्रपाको आरोप

सञ्चारक
डडेल्धुरा चैत ४ ।
जिल्लाका केही स्थानीय तहका प्रमुखहरुले विकास बजेटलाई आफ्नो पेवाधन सम्झेर व्रहमलुट मच्चाइरहेको राप्रपा डडेल्धुराको आरोप छ ।
आइतबार प्रेस विज्ञप्त जारी गर्दै स्थानीय तहका प्रमुखहरुले विकास बजेटलाई आफ्नो पेवाधन सम्झेर व्रहमलुट मच्चाइरहेको आरोप राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति डडेल्धुराले लगाएको हो ।

‘स्थानीय तहको समृद्धिका लागि आएको रकमलाई रचनात्मक ढंगले परिचालन गर्ने सुशासनका लागि क्रियाशिल हुनु पर्ने स्थानीय तहका प्रमुखहरु नै बजार दरभाउभन्दा वढी मूल्यमा मेसीन औजार, फर्निचर खरीद गर्ने, डोजरमालिकको अनुकलतामा सडक निर्माण गर्ने, अनुत्पादक क्षेत्रमा लागानी गरी बजेट सक्ने, स्थानीय स्तरमा कसैले विरोध गर्दा पाँच वर्ष हाम्रो चल्छ भन्दै धम्क्याने गरेको व्यापक जनगुनासो आएको र डडेल्धुराका केही स्थानीय तहका प्रमुखहरु विकास बजेटलाई आफ्नो पेवाधन सम्झेर व्रहमलुट मच्चाइरहेको तितो यर्थाथता प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।’ राप्रपा जिल्ला अध्यक्ष टेकराज पनेरुद्धारा हस्ताक्षरित विज्ञप्तीमा छ ।

जनताले दिएको अभिमतलाई व्यवस्था गर्दै नैतिकतालाई बन्दधकी राखेर विकास बजेटमा चाँदी कटाइ नगर्न सम्वध सबैलाई राप्रपाले विज्ञप्ती मार्फत् सचेत गराएको छ ।

विभिन्न शिर्षकमा स्थानीय तहमा भइरहेको भ्रष्टाचार नरोकिए सशक्त प्रतिकारमा उत्रिने समेत चेतावनी दिएको छ । स्थानीय तहमा भइरहेको अनियमितता रोक्न आ आफ्नो पार्टीबाट निर्वाचित प्रतिनिधिहरुलाई सचेत गराउन सबै राजनितिक दलहरुलाई राप्रपाले अनुरोध समेत गरेको छ ।

 

%d bloggers like this: