Tuesday, June 25, 2019
Home > breaking > राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल विजयी

राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल विजयी


सञ्चारक
काठमाडौं, चैत ४ ।
राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी भएकी छिन ।
संसद भवन नयाँ बानेश्वरमा भएको चुनावमा दाहालले ४५ मत ल्याएर विजयी भएकी हुन् भने उनीकी प्रतिद्धन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत पाएकी हुन ।

राष्ट्रियसभामा एमालेका २९ र माओवादी केन्द्रका १३ गरी वाम गठबन्धनका ४२ जना सांसद रहेका छन् । कांग्रेसका १३, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका क्रमशः २ २ सांसद रहेका छन् ।

आजको राष्ट्रियसभा बैठकमा ५६ जना सांसदको उपस्थिती रहेको थियो ।

%d bloggers like this: