Wednesday, April 24, 2019
Home > breaking > प्रदेशसभा सदस्य गुरुङको देशविदेशमा खोजी

प्रदेशसभा सदस्य गुरुङको देशविदेशमा खोजी


काठमाडौँ, चैत ४ ।
नेपाल प्रहरीले दीपक मनांगे भनिने प्रदेशसभा सदस्य राजीव गुरुङलाई ‘इन्टरपोल’मार्फत खोजी अभियान शुरु गरेको छ ।

प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्दै मनाङ प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित गुरुङ अदालतको आदेशपछि फरार छन् । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले गुरुङको देश तथा विदेशमा खोजी भइरहेको जानकारी दिनुभयो । गत माघ २ मा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा उनलाई पाँच वर्ष कारागार सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार छन् । प्रहरीले उनका नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठनमा ‘रेड कर्नर नोटिस’ समेत जारी गरेको छ । रासस

%d bloggers like this: