Wednesday, April 24, 2019
Home > breaking > डिन डा बज्राचार्यको निधन

डिन डा बज्राचार्यको निधन

काठमाडौँ, चैत ४ ।
लुम्बिनी बौद्धविश्वविद्यालयका डिन डा भद्ररत्न बज्राचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ ।

रुपन्देहीको लुम्बिनीमा गएराति १ बजे उहाँको हृदयाघातका कारण निधन भएको विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले जानकारी दिनुभयो । उहाँका श्रीमती तथा दुई छोराछोरी छन् ।

त्रिभुवन विश्वविद्यालयमा करीव तीन दशकसम्म इतिहास विषयमा अध्यापन गरी पाँच वर्षदेखि डिनको भूमिका निर्वाह गर्दैआउनुभएको थियो । ललितपुर निवासी बज्राचार्यको पार्थिव शरीरलाई अहिले निवासस्थल सानेपा, ठूलोढुङ्गा ल्याइसकिएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले जारी गरेको शोक वक्तव्यमा बज्राचार्यको निधनप्रति दुःख व्यक्त गर्दै विश्वविद्यालयले परिपक्क अभिभावक गुमाएको र अपूरणीय क्षति भएको जनाइएको छ । विश्वविद्यालयले आज शोक मनाउन सम्पूर्ण कार्यालयमा बिदा दिएको छ । रासस

%d bloggers like this: