Tuesday, June 25, 2019
Home > breaking > पुनःनिर्माणका अठहत्तरवटा गुनासो फछ्र्योट

पुनःनिर्माणका अठहत्तरवटा गुनासो फछ्र्योट

रसुवा, चैत ४ ।
भूकम्पपछिको निजी आवास निर्माणको काम सहजीकरणका लागि परेका गुनासो निवेदन अधिकांश फछ्र्योट भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत विनोद भट्टराईका अनुसार पुनःनिर्माण कार्यमा हुनसक्ने भ्रष्टाचार न्यूनीकरण सहजीकरण गर्न रसुवामा आफ्नो एकाइ स्थापना गरी आवास र विद्यालय निर्माणतर्फ केन्द्रित रही अवलोकन कार्य अगाडि बढाइएको छ ।

छुटेका नाम समावेश गराइदिन विदेशमा भएका लाभग्राहीको नाममा सूचीकृत भएको रकम घरका परिवारले उपलब्ध गर्न समस्या भएको र पुनःनिर्माणमा खटिएका प्राविधिक समयमा नपुगेको भन्ने ९३ वटा गुनासो निवेदन पेश भएको बताइएको छ ।

सरोकारवाला निकायसँग समन्वय गरी ७८ वटा फट्र्योट गरिएको र १५ वटा राजमार्गको मापदण्डभित्र आवास निर्माणसम्बन्धी भएकाले सम्बन्धित निकायमा पठाइएको कार्यक्रम अधिकृत भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ ।

भ्रष्टाचार न्यूनीकरण गर्न सहयोगी भूमिका निर्वाह गर्ने संस्था ट्रान्सपरेन्सी भएको बताउँदै कार्यक्रम अधिकृत भट्टराईले पुनःनिर्माणको कार्यमा गिट्टी, बालुवा, सिमेन्ट, रड गुणस्तरको हुनुपर्ने र सिमेन्ट उत्पादन भएको ६० दिनभित्र प्रयोेग गर्न सुझाव दिनुभयो ।

कुनैपनि इँटा दुई घण्टा भिजाउँदा त्यसको तौल बढ्यो भने गुणस्तरहीन हुने र पानीमा डुबाउनुपूर्वकै तौल यथावत रहेमा गुणस्तरीय हुने समेत कार्यक्रममा जानकारी दिइएको थियो । रासस

%d bloggers like this: