Thursday, June 27, 2019
Home > breaking > जिप दुर्घटनामा आठ घाइते

जिप दुर्घटनामा आठ घाइते

बागलुङ, चैत ४ ।
सदरमुकामदेखि कुश्मिसेरा जाँदै गरेको ध१प २९३ नंको पिकअप जिप शनिबार साँझ बागलुङ नगरपालिका–१ मालढुङ्गामा दुर्घटना हुँदा चालकसहित आठ यात्रु घाइते भएका छन् ।

घाइतेको धवलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी बताउनुभयो ।

घाइतेमध्ये दुईजनाको अवस्था जटिल रहेको र अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर जिप दुर्घटनामा परेको हो । रासस

%d bloggers like this: