Tuesday, July 16, 2019
Home > breaking > रुखबाट खसेर किशोरीको मृत्यु

रुखबाट खसेर किशोरीको मृत्यु

सञ्चारक
दैलेख, चैत ३ ।
दैलेखमा तीदू टिप्न लाग्दा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।

दुल्लू नगरपालिका–८, बडलम्जीकी १७ वर्षीय निर्मला आचार्यको आज बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीय बजेडी टोलमा रहेको आफ्नै घरको आगनमा तीदू टिप्न लाग्दा रुखबाट खसेर टाउमा कडा चोट लागेका आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

%d bloggers like this: