Friday, April 19, 2019
Home > breaking > उपराष्ट्रपतिका लागि मनोनयन दर्ता आज

उपराष्ट्रपतिका लागि मनोनयन दर्ता आज

सञ्चारक
काठमाडौं, चैत ३ ।
उपराष्ट्रपति चुनावको लागि शनिबार (आज) मनोनयन दर्ता हुँदैछ ।

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । शनिबार दिउँसो चार बजेभित्र उम्मेदवारमाथि दाबी विरोध र उजुरी दिने समय निर्धारण गरिएको छ ।

आइतबार उजुरीमाथि जाँझबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उपराष्ट्रपतिको निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

%d bloggers like this: