Friday, April 19, 2019
Home > breaking > लामालाई रिहा गर्न माग

लामालाई रिहा गर्न माग

काठमाडौँ, चैत ३ ।
नेपाली काँग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न काँग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।

यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेस काभ्रेका सभापति मधु आचार्यले भन्नुभयो, “निर्दोष हाम्रा नेतामाथि झुठो आरोप लगाई प्रहरीले पक्राउ गरेको छ । यो दुःखद् भएको छ । उहाँलाई स–सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु ।” उहाँले लामामाथि गोली प्रहार गरी फरार रहेका दोषीलाई कारवाही गर्न तथा उहाँमाथिको अभियोग खारेज गर्न पनि माग गर्नुभयो । रासस

%d bloggers like this: