Saturday, July 20, 2019
Home > breaking > अनिस फेरि सगरमाथा चढ्ने

अनिस फेरि सगरमाथा चढ्ने

काँकडभिट्टा, चैत २ ।
प्रथम झापाली सगरमाथा आरोही अनिस लुइँटेलले फेरि सगरमाथा आरोहण गर्ने हुनुभएको छ ।

अमेरिकामा हुन लागेको ‘२४औँ वल्र्ड स्काउट जेम्बोरी’को लोगो सर्वोच्च शिखर सगरमाथामा पु¥याउन लुइँटेल आरोहणमा जान लाग्नुभएको हो ।

यही चैत २५ गते शिखरमा पुग्ने लक्ष्यका साथ यस पटक चीनतिरको बाटोबाट सगरमाथा आरोहण गर्ने उहाँले जानकारी दिनुभयो ।

मेचीनगर–९ का २४ वर्षीय अनिसले नेपालको नयाँ संविधान बोकेर २०७३ जेठ ८ गते पहिलोपटक नेपालतिरको बाटो भएर सगरमाथाको चुचुरो सफलतापूर्वक आरोहण गर्नुभएको थियो । रासस

%d bloggers like this: