Sunday, August 19, 2018
Home > breaking > हात्तीको आक्रमणबाट महिलाको मृत्यु

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

चितवन, चैत १ ।
रत्ननगर नगरपालिका–७ स्थित खोरसोरमा जंगली हात्तीको आक्रमणबाट बुधबार एक महिलाको मृत्यु भएको छ ।

सौराहा नजिकै रहेको खोरसोरस्थित मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएकी स्थानीय ५० वर्षीया पन्वीमायाँ थारुको हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बुधबार दिउँसो १ बजे घाँस काट्न गएकी उनलाई चितवन निकुञ्जबाट निस्किएको जंगली हात्तीले आक्रमण गरेको थियो । उनीसँगै घाँस काट्न गएका अन्य महिला भने भाग्न सफल भएका थिए ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएपनि निकुञ्जका प्रमुख संरक्षण अधिकृत नआएको भन्दै स्थानीयवासीले शव उठाउन दिएका छैनन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: