Friday, December 14, 2018
Home > breaking > दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु


रोल्पा, फागुन ३० ।
आज दिउँसो रोल्पामा भएको ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी रोल्पा नगरपालिका–१० साउनेपानीका १३ वर्षीय दिलबहादुर विष्ट र १४ वर्षीय बालाराम विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

साउनेपानी समुदायको पोखरी निर्माणका लागि सल्ले जंगलबाट ढुंगा बोकेर साउनेपानी जाँदै गरेको रा१त ३३६३ नं को ट्याक्टर बाटोबाट करिब एकसय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल रोल्पामा उपचार भइरहेको छ । रासस

%d bloggers like this: