Tuesday, September 25, 2018
Home > breaking > मृत अवस्थामा शिशु फेला

मृत अवस्थामा शिशु फेला

 

रुकुम, फागुन ३० ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक शिशु मृत अवस्थामा फेला परेको छ ।

नगरपालिका–ं ११ गिजागाड नजिकै आज बिहान– ६ बजेतिर एक शिशु फोहोरमा फालेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि जाजरकोट जिल्ला अस्पताल खलंगामा पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: