Monday, December 10, 2018
Home > breaking > पाँच करोडको लागतमा खानेपानी आयोजना

पाँच करोडको लागतमा खानेपानी आयोजना

कञ्चनपुर,  फागुन ३० |

बेदकोट नगरपालिका–९ को सुन्दरपुरमा रु पाँच करोड ६८ लाखको लागतमा खानेपानी आयोजना निर्माण थालिएको छ ।

बैजनाथ मन्दिरले उपलब्ध गराएको छ कट्टा जग्गामा खानेपानी आयोजना निर्माण शुरु गरिएको हो । आयोजनाका लागि दुई लाख २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण र दुई वटा बोरिङ गाड्ने कार्य पूरा भएको बैजनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरेश ठकुराठीले बताउनुभयो ।

रु ९० लाखको लागतमा ट्यांकी निर्माण गरिएको हो । आयोजना निर्माणस्थलमा पर्खाल निर्माण गर्ने र चौकीदार बस्ने भवनसमेत निर्माण गरिएको छ । गहुँबाली भित्र्याएपछि पाइप लाइन राखिने ठकुराठीले बताउनुभयो । स्थानीय बासिन्दालाई पानी उपलब्ध गराउन एक हजार धारा जडान गरिने छन् । आयोजना निर्माण भएपछि लालपुर, सुन्दरपुर र नयाँ गाउँका एक हजार ५०० परिवार लाभान्वित हुने बताइएको छ ।

%d bloggers like this: