Friday, December 14, 2018
Home > breaking > महिलामाथी निर्घात कुटपिट  

महिलामाथी निर्घात कुटपिट  

सञ्चारक

कञ्चनपुर, फागुन ३० ।
केही दिन अघि कैलालीमा बोक्सीको आरोपमा महिला माथी निर्घात रुपमा कुटपिट भएको घटना सेलाउन नपाउँदै बुधबार (आज) कञ्चनपुरमा पनि एक महिला माथी कुटपिट भएको छ ।

आज बिहान १० बजे भीमदत्त नगरपालीका वार्ड ५ की २४ बर्षिया सोनी चन्दलाई भिमदत्त नगरपालीका १० गड्डाचौकी बस्ने २७ बर्षिय राकेश चन्दले सोनिको घर मै आई कुटपिट गरेका हुन।

राकेशले सानीमाथी के कति कारणले आक्रमण गरेका हुन भन्ने खुल्न बाँकी छ । कुटपिटबाट सोनीको आँखामा गम्भिर चोट लागेको छ । राकेशले आफ्ना औलाहरुले सोनीको आँखा घोचेको र उनको अनुहारमा तातो उम्लिरहेको घिउ फालिदिएका थिए । उनलाई उपचारका लागी महेन्द्रनगर आँखा अस्पतालमा ल्याईएको छ । उनको आँखामा गहिरो चोटले गर्दा रगत बगिरहेको छ । रगत बग्न नरोकिएको हुँदा थप उपचारका लागी कैलालीको गेटा अस्पताल लगिएको छ । सोनी माथी हमला गर्ने राकेश चन्दको खोजी भईरहेको कञ्चनपुर प्रहरीले बताएको छ ।

%d bloggers like this: