Sunday, June 24, 2018
Home > मनोरञ्जन > रियालिटी सो ‘नेपाल्स मेघा सिनेस्टार’ हुँदै

रियालिटी सो ‘नेपाल्स मेघा सिनेस्टार’ हुँदै


सञ्चारक
काठमाडौं, फागुन ३० ।
नेपालमा रियालिटी सो हुने क्रम बढी रहेकै बेलामा ओमेगा इन्टरटेनमेन्टले फरक खालको सो आयोजना गर्ने भएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरको अभिनय सम्बन्धि रियालिटी शो ‘नेपाल्स मेघा सिनेस्टार’ हुने आयोजकले जनाएको छ । यस बारेमा आयोजकले सोमवार काठमाडौंको मल्ल होटलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

‘ओ मेगा इन्टरटेनमेन्ट’ को प्रस्तुतीमा हुन लागेको ‘मेघा सिनेस्टार’ एपी वान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । विजेताले २० लाख नगद र एउटा कार प्राप्त गर्ने कार्यक्रम निर्देशक प्रवेश सम्राट बरालले जानकारी दिए ।

उनले भने, ‘विजेतालाई तोकिएको राशीसँगै एक फिल्ममा अभिनय गर्ने सूवर्ण अवसर पनि प्रदान गर्ने छौं । गाउँ-गाउँमा रहेका प्रतिभालाई संसारभर चिनाउनका लागि हामीले ‘नेपाल्स मेघा सिनेस्टार’ सुरु गर्न लागेका हौं ।’

आउँदो २८ चैतदेखि यसको अडिसन सुरु हुनेछ । काठमाण्डौ, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, वीरगञ्ज, इटहरी गरेर नेपालका ७ प्रमुख शहरहरुमा अडिसन हुने निर्देशक बरालले जानकारी दिए ।

उक्त रियालिटी शोमा मुख्य निर्णायकको रुपमा निर्देशकद्वय निश्चल बस्नेत, शोभित बस्नेत र मिस नेपाल (सन् २००२) माल्भिका सुब्बा रहेका छन् ।

निर्देशक निश्चल भन्छन्, ‘राम्रो प्रतिभालाई छान्ने जिम्मेवारी हाम्रो काँधमा छ । त्यो जिम्मेवारीलाई हामी न्यायपूर्वक निर्वाहा गर्नेछौं ।’ उनले ‘नेपाल्स मेघा सिनेस्टार’ बाट नेपाली फिल्म क्षेत्रले प्रतिभावान कलाकार पाउनेमा विश्वस्त रहेको बताए ।

शोको होस्ट गायक सन्तोष लामाले गर्नेछन् भने प्री अडिसनमा करिब २० हजार सहभागी हुने अनुमान आयोजकको छ । उक्त प्रतियोगितामा सबै उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: