Tuesday, September 25, 2018
Home > breaking > विश्वविख्यात वैज्ञानिक स्टिफन हकिङ रहेनन्

विश्वविख्यात वैज्ञानिक स्टिफन हकिङ रहेनन्

सञ्चारक

एजेन्सी, फागुन ३० ।
विश्वविख्यात वैज्ञानिक स्टेफन हकिङको ७६ वर्षको उमेरमा बुधबार (आज) निधन भएको छ। हकिङका छोरा छोरी लुसी, रोबर्ट र टिमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बुवाको निधनप्रति हामी दुःखी छौँ। उहाँ ठूलो वैज्ञानिक तथा अस्वभाविक व्यक्तित्व हुनुहुन्थ्यो। विज्ञानमा उहाँको योगदानलाई विश्वले सँधै सम्झिरहनेछ।’ हकिङले ग्राभिटेश्नल वेभ्स, क्वान्टम मेकानिक्स तथा जनर रिलेटिभीमा अनुसन्धान गरेका थिए। उनले लेखेको पुस्तक अ ब्रिफ हिस्ट्री अफ टाइम विश्वकै वेष्ट सेलर पुस्तकमा परेको छ। ब्ल्याक होल र बिग ब्याङ सिद्धान्तका क्षेत्रमा निकै महत्वपूर्ण योगदान दिएका उनलाई आइन्साइटनपछिको दोस्रो दर्जा दिइएको थियो।

हकिङसँग १२ वटा मानार्थ डिग्रि थिए भने उनलाई अमेरिकाको सबैभन्दा उच्च नागरिक सम्मान दिइएको थियो। क्याम्ब्रिज विश्वविद्यालयमा गणित र सैद्धान्तिक भौतिकशास्त्रका प्रोफेसर समेत रहेका स्टिफन हकिङले भौतिकशास्त्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको छ। शारीरिकरुपमा अशक्त भएका उनको विद्धतालाई संसारभरिबाट सम्मान प्रकट गरिँदै आइएको छ। उनको जन्म बेलायतमा सन् १९४२ जनवरी ८ मा भएको थियो।

सन् १९६३ मा उनलाई मोटर न्यूरोन रोग लागेको थियो। उनले सार्वजनिक रुपमै भनेका थिए, ‘२१ वर्षको उमेरमा मलाई चिकित्सकले मोटर न्यूरोन रोग लागेको बताएका थिए। उनीहरुले मलाई दुई या तीन वर्षमात्र बाँच्न सक्ने पनि बताएका थिए।’ तर उनी आफूमा रहेको सोही रोगका कारण एक सक्षम वैज्ञानिक बन्न सफल भएको बताउँथे। उनले भनेका थिए, ‘म स्वीकार गर्दछु कि, आफ्नो रोगकै कारण म वैज्ञानिक बन्न सकेँ, मेरो अक्षमताका कारण नै ब्रह्माण्डका बारे गरिएका शोधमाथि मैले सोच्न पाएँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: