Friday, December 14, 2018
Home > breaking > बझाङमा जीप दुर्घटना हुँदा २ को मृत्यु

बझाङमा जीप दुर्घटना हुँदा २ को मृत्यु

सञ्चारक

बझाङ, फागुन ३० ।
बझाङमा जीप दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको छ भने २ जनाको अवस्था गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा छविसपाथीभेरा गाउँपालिका–५, की ५२ वर्षीय सोनकोसा जाग्री र ४८ वर्षीय रुद्रा जाग्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहान छविसपाथीभेराको ब्याँसी थलाराबाट भाँडे बजारतर्फ आउँदै गरेको से १ ज ६१५ नम्बरको जीप नेटारेल्यामाटी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेका छविसपाथीभेरा–५, कै जमान धामी र देबराज जाग्री रहेको रहेका छन् ।

घाइते दुवै जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

%d bloggers like this: