Tuesday, September 25, 2018
Home > breaking > लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ


इनरुवा, फागुन ३० ।
धरान उपमहानगरपालिका– ८ बाट लागुऔषधसहित मंगलबार दुई जना पक्राउ परेका छन् ।

पक्राउपर्नेमा स्थानीय २९ वर्षीय कुलदीप शाह र ३४ वर्षीय सुशीला थापा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भारतीय बजारबाट अवैधरुपमा लागुऔषध लिएर धरानतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई धरान उपमहानगरपालिका– ८ हरियाली चोकबाट लागुऔषधसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट स्पासमो प्रोक्सिभन ४६८ क्याप्सुल र नगद रु ५७ हजार बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: