Tuesday, September 25, 2018
Home > breaking > रक्षामन्त्री पोखरेलसँग राजदूत पुरीको भेट

रक्षामन्त्री पोखरेलसँग राजदूत पुरीको भेट

काठमाडौँ, फागुन २९ ।
रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज भएको भेटमा मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र यस प्रकारको सम्बन्ध दुवै देशका सरकार र जनताबीच मात्र नभई प्रकृति प्रदत्तरुपमा नै विकास हुँदै गएको बताउनुभयो ।

नेपाली सेनाको क्षमताको विकासका लागि भारत सरकारले पु¥याउँदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गर्दै उहाँले आगामी दिनमा पनि निरन्तर सुमधुर सम्बन्ध रहने अपेक्षा राख्नुभयो ।

राजदूत पुरीले नेपाल–भारतबीचको सम्बन्ध घनिष्ठ रहेको र दुवै देशबीच सामाजिक तथा सांस्कृतिकरुपमा पनि मजबुत रहेको चर्चा गर्नुभयो ।
राजदूत पुरीले नेपाली सेनाले सुरक्षाको क्षेत्रमा पु¥याएको अन्तर्राष्ट्रिय योगदानको सराहना गर्दै नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि तालीम, उपकरण र अन्य विभिन्न क्षेत्रमा सहयोग निरन्तर रहने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: