Tuesday, September 25, 2018
Home > breaking > राष्ट्रपतिमा भण्डारी विजयी

राष्ट्रपतिमा भण्डारी विजयी


सञ्चारक
काठमाडौं, फागुन २९ ।
दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएकी छिन्। आज भएको मतदानमा २९ हजार २ सय ७५ मतभार सहित भण्डारी विजयी भएकी हुन् ।

उनकी प्रतिद्वन्दी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत पाउनुभएको छ । चुनावमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० जना मतदाता रहेकोमा १८ जना अनुपस्थित थिए ।

जम्मा ५२ हजार ५ सय मतभार कायम रहेको चुनावमा २६ हजार २ सय ५१ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेमा भण्डारीले २९ हजार २ सय ७५ मतभार प्राप्त गर्नुभएको हो । यसको आधिकारिक घोषणा भने हुन बाँकी छ ।

संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: