Tuesday, September 25, 2018
Home > breaking > एक दुई दिनमै सरकार विस्तार:अध्यक्ष दाहाल

एक दुई दिनमै सरकार विस्तार:अध्यक्ष दाहाल

काठमाडौँ, फागुन २९ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रुपमा पूरा भएको बताउनुभएको छ ।

संघीय संसद् भवन परिसर बानेश्वरमा आज राष्ट्रपति पदका लागि मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेला संविधान कार्यान्वयनका लागि स्थानीय तह निर्वाचनबाट प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो ।

“स्थानीय तहको निर्वाचनसँगै शुरु भएको संविधान कार्यान्वयनको प्रक्रिया राष्ट्रपतिको निर्वाचनपछि आधारभूत रुपमा पूरा भएको छ, निर्वाचनमा जनताले उत्साहपूर्ण सहभागिता जनाएका छन्, अबको यात्रा विकास र समृद्धितिर हुनेछ”, उहाँले भन्नुभयो ।

सरकारले कहिले पूर्णता पाउँछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा छलफल भएकाले एक दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: