Sunday, June 24, 2018
Home > breaking > मेयरमाथि गोली हानेको आशंकामा तीन पक्राउ

मेयरमाथि गोली हानेको आशंकामा तीन पक्राउ

सञ्चारक

कैलाली, फागुन २९ ।
कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी खतरा मुक्त रहेका डाक्टरले बताएका छन् ।

मेयर चौधरीको बाँकेको कोहलपुरमा उपचार भइरहेको छ भने उनलाई गोली हानेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुसँग सोधपुछ भइरहेको प्रदेश सातका प्रहरी प्रमुख एआईजी माधव नेपालले जानकारी दिएका छन् ।

गएराति मोटरसाइकलमा आएका अज्ञात समूहले चौधरीलाई उनकै निवासमा गोली प्रहार गरेका थिए ।

राधा चौधरीमाथि कुटपिट गर्ने दोषीको संरक्षण गरेको आरोपमा केही दिनअघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मेयरलाई कारवाही गर्ने चेतावनी दिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मेयरमाथि गोली हान्नेहरु विप्लवकै कार्यकर्ता भएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: