Tuesday, September 25, 2018
Home > breaking > आगलागीबाट चार घर नष्ट

आगलागीबाट चार घर नष्ट

डोल्पा, फागुन २९ ।
तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका–६ स्थित नर्कुर्कोे धुपियाना बस्तीमा सोमबार भीषण आगलागी हुँदा चार घर नष्ट भएको छ ।

नजीकैको वनमा लागेको आगो उक्त बस्तीमा छिरेपछि विसे विक, बागबहादुर शाही, मंगले विक र तेजी ठकुल्लाको घर नष्ट भएको स्थानीयवासी कर्णबहादुर बुढाले जानकारी दिनुभयो । आगलागीबाट लाखौँको क्षति भएको बताइएको छ । घटनस्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताउनुयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: