Monday, December 10, 2018
Home > breaking > बिहेको गाडी दुर्घटना हुँदा दर्जन भन्दा बढी जन्ती घाइते

बिहेको गाडी दुर्घटना हुँदा दर्जन भन्दा बढी जन्ती घाइते

सञ्चारक
सिन्धुली, फागुन २८ ।
सिन्धुलीको मरिण गाँउपालिका वडा नम्बर–६, कपिलाकोटमा जन्ती बोकेर हिँडेको गाडी दुर्घटना हुँदा डेढ दर्जनभन्दा बढी जन्ती घाइते भएका छन् ।

मरिण गाँउपालिका–३, नक्कलीबाट गएराति १ बजे इन्द्र माझिको बिहेको जन्ती बोकेर सुनसरी जिल्ला हिडेको बा ३ ख ४८५७ नम्बरको बस कपिलाकोटमा दुर्घटना हुँदा डेढ दर्जनभन्दा बढी जन्ती घाइते भएका इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ ।

दुर्घटनामा बेहुला सकुशल रहेको तर ५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि सदरमुकाम सिन्धुलीमाढी पठाइएको प्रहरीले जनाएको छ ।

गाडी लिग छाडेर सडकबाट करिब तीन फिट तल खसेको छ । गाडी चालक सुमन थिङलाई प्रहरीले नियन्त्रणमा लिएको तथा गाडीमा ३५ जना जन्ती रहेको प्रहरीले जनाएको छ ।

%d bloggers like this: