राष्ट्रियसभामा मनोनित तीन जनाको शपथग्रहण आज लिने
सञ्चारक काठमाडौं, फागुन २५ । सरकारले राष्ट्रियसभामा मनोनित गरेका तीन जनाको शपथग्रहण आज (शुक्रबार) हुँदैछ । अर्थमन्त्रीसमेत रहेका डाक्टर युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई दिउँसो २ बजे शपथग्रहण गराउने तयारी रहेको संसद सचिवालयले जनाएको छ । तीनै जनाको शपथग्रहण रोक्न परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि शपथग्रहणको बाटो खुलेको हो ।
Read More