Wednesday, November 20, 2019
Home > breaking > नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टा बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टा बन्द

सञ्चारक
चितवन, फागुन १९ ।
नारायणगढ–मुग्लिन सडकखण्ड (शनिबार) आजदेखि फेरि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

बिहीबार र शुक्रबार २४ सैं घण्टा गाडी चलाउन दिइएको यो सडकखण्डमा आजदेखि भने बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन रोक लगाइएको सडक विस्तार आयोजनाले जनाएको छ ।

नारायणगढबाट मुग्लिन छिर्ने गाडीलाई भतेरी जंगलमा, काठमाडौंबाट छिर्नेलाई लेवाटारमा र पोखराबाट छिर्नेलाई आँबुखैरेनीमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ । सडकको १६ किलोमिटर, घुमाउने, चेपाङ डाँडालगायतका ठाउँमा पहाड काट्न गाडी चलाउन रोक लगाइएको हो ।

%d bloggers like this: