Monday, August 19, 2019
Home > breaking > सिरिया नरसंहारको विरोधमा रयाली

सिरिया नरसंहारको विरोधमा रयाली

सप्तरी, फागुन १७ ।
सिरियामा भएको नरसंहारको विरोधमा बुधबार राजविराजमा रयाली तथा मैनबत्ती प्रज्वलन गरिएको छ ।

राजविराज नगर बाल सञ्जाल र सप्तरी युथ नेपालले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा बालबालिका तथा युवाले जिल्ला खानेपानी कार्यालयदेखि नगर परिक्रमा गरी स्थानीयवासी गजेन्द्रचौकमा मैनबत्ती प्रज्वलन गरेको छ । बालबालिका मार्न पाइँदैन, हत्याहिंसा बन्द गर, सिरिया हिंसाविरुद्ध आवाज उठाऔँ लगायतका नारा लेखिएका ब्यानर र पोष्टर लिई नगरको परिक्रमा गरिएको थियो ।

सिरिया आतंकमा ज्यान गुमाएका १५० बालबालिकासहित ५०० भन्दा बढी सिरियाली नागरिकको मृत्यु भएको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो । कार्यक्रममा क्लिन काठमाडौँका संयोजक केपी खनाल, राजविराज नगरपालिकाका उप–प्रमुख साधना झा, राजविराज नगर बाल सञ्जालका अध्यक्ष मो जकाउल्ला र सप्तरी युथ नेपालका विष्णु यादवले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

%d bloggers like this: