Monday, August 19, 2019
Home > breaking > अज्ञात व्यक्तीको गोली लागेर एक घाइते

अज्ञात व्यक्तीको गोली लागेर एक घाइते

सञ्चारक
सर्लाही, फागुन १२ ।
अज्ञात व्यक्तीले हानेको गोली लागेर सर्लाहीको हरिवन नगरपालिका–११, का महावीर तामाङ घाइते भएका छन ।

१९ वर्षीय महावीरलाई सर्लाहीको बरथहवा नगरपालिका–७, मा गएराति अज्ञात व्यक्तीले गोली हानेको प्रहरीले जनाएको छ । ना १ क ६६३५ नम्बरको ट्रिपरको सहचालक महावीरलाई, धामीकोमा झारफुक गरेर फर्कंदै गर्दा गोली लागेको हो ।

पिठ्यूमा गोली लागेका तामाङको वीरगञ्जमा उपचार भइरहेको छ ।

%d bloggers like this: