Saturday, June 23, 2018
Home > breaking > बम बिस्फोट हुँदा दुई घाइते

बम बिस्फोट हुँदा दुई घाइते

सञ्चारक
पोखरा, फागुन ८ ।
पोखराको विजयपुर पुलमा शक्तिशाली बम बिस्फोट हुँदा दुई जना घाइते भएका छन्। बिहान ११ः५० बजे भएको बम बिस्फोटमा परी गण्डकी टेलिभिजनका संवाददाता धनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री घाइते भएका छन्। पत्रकार पाण्डेको टाउकोमा बमको छर्राले लागेको प्रहरीले बताएको छ। घाइतेहरुको जीएसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: