Saturday, June 23, 2018
Home > breaking > बन्दले जनजीवन प्रभावित

बन्दले जनजीवन प्रभावित


सञ्चारक
धनकुटा, फागुन ८ ।
नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको (नेकपार्टी)ले आह्वान गरेको नेपाल बन्दको प्रभाव परेको छ। बन्दको कारण धनकुटासहित पूर्वका लामो र छोटो दूरीमा चल्ने सवारी साधनहरु सञ्चालनमा आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

विराटनगरमा आइतबार नेकपा निकट जनस्वयंसेवक परिचालन कमिटी अधिवेशनका क्रममा आफ्ना पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहितका नेतालाई प्रहरीले गिरफ्तार गरेर राखेको विरोधमा मंगलबार नेपाल बन्दको आह्वान गरेको हो।

बन्दका कारण सडकमा सार्वजनिक र निजी सवारी साधन नचल्दा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने सोही बन्दले यातायात लगायत शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । प्रेस, एम्बुलेन्स, शवबहान, दूध बोक्ने गाडी र पानीको ट्यांकर जस्ता अत्यावश्यक सवारीसाधनलाई भने चल्न दिएको नेकपाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: