Saturday, June 23, 2018
Home > मनोरञ्जन > ‘म टोलाई’ बोलको लोक पप गीत सार्वजनिक

‘म टोलाई’ बोलको लोक पप गीत सार्वजनिक

सञ्चारक

काठमाडौं फागुन ७ ।
उदीयमान प्रतिभा मिस्टर ओ (ओमुक)ले आफ्नो पहिलो गीत बजारमा ल्याएका छन्। ‘म टोलाई’ बोलको लोक पप शैलीको गीत उनले युट्युवमार्फत सार्वजनिक गरेका हुन्। आदेश गुर्माछानको कम्पोजमा रहेको गीतको शब्द रचना र स्वर पनि गायक स्वयंको रहेको छ। भिडियोमा सिद्धान्त कपाली र निशु शर्मा रहेका छन्। मेघावी शाक्य र मनिष श्रेष्ठले खिचेको भिडियोलाई मेघवी र मिस्टर ओले नै सम्पादन गरेका हुन्। ओले नै भिडियो निर्देशन गरेका छन्। यस गीतले ‘टिनएज’का युवापुस्ताको प्रेम भावनाको प्रतिनिधित्व गरेको छ। गायक मिस्टर ओ(ओमुक)ले भविष्यमा निरन्तर संगीत क्षेत्रमै लाग्ने र क्रमशः अन्य गीतहरू पस्किँदै जाने बताए।

भिडियोको लागि https://www.youtube.com/watch?time_continue=5&v=USKVHe5Nlc8  मा क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: