Wednesday, December 12, 2018
Home > breaking > संघीय संसद्को प्रथम अधिवेशन फागुन २१मा

संघीय संसद्को प्रथम अधिवेशन फागुन २१मा

 

सञ्चारक
काठमाडौं, फागुन ७ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा आउँदो फागुन २१ गते सोमबार संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संसद्को अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालको जारी विज्ञप्तिमा छ ।

नयाँ संविधानबमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद् आह्वान भएको यो पहिलो पटक हो ।

%d bloggers like this: