Tuesday, January 22, 2019
Home > breaking > मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सञ्चारक
झापा, फागुन ७ ।
मेचीनगरस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ। ज्यान जानेमा अर्जुनधारा नगरपालिका–१ का २७ वर्षीय प्रवेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चाराआलीबाट कालीझोडातर्फ जाँदै गरेको मे३प ८०३५ नम्बरको मोटरसाइकलमा सवार चौधरीको मोटरसाइकल अनियन्त्रित भई गएराति साढे ११ बजे दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

%d bloggers like this: