Friday, April 20, 2018
Home > breaking > मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा दुईको मृत्यु

मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा दुईको मृत्यु


सञ्चारक

हेटौंडा, फागुन ६ ।
हेटौंडाका विभिन्न स्थानमा गएराति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

हेटौंडा–११, नवलपुरमा गएराति मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । ना ३ त ६०२७ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ४५ प३८२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा नवलपरासी सुनवलका प्रेम क्षेत्री र चितवन भरतपुर महानगरपालिकलाका–११, का मायाँ क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै हेटौँडा–१४, कुखरेनी खोला नजिक गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । घटनामा हेटौंडा १४ कुख्रेनीका ट्याक्टरका सह–चालक सोमबहादुर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: