Thursday, April 26, 2018
Home > breaking > अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ

अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ

इनरुवा, फागुन ६ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनता बस्तीबाट अमेरिकी पेस्तोलसहित दुईजनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा इटहरी–५ बस्ने २२ वर्षीय यामबहादुर लिम्बू र इटहरी–८ बस्ने २१ वर्षीय रोहन बस्नेत रहेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले नौ एमएमको एक राउण्ड गोली र पेस्तोलसहित दुईजनालाई पक्राउ गर्न सफल भएको हो ।

इटहरी–९ स्थित बसपार्कमा युवाहरु झगडा गर्न लागेको सूचनाका आधारमा प्रहरीको टोलीले सो क्षेत्रमा निगरानी बढाएको थियो ।

प्रहरीले निगरानी बढाउने क्रममा लिम्बूको साथबाट अमेरिकी अटोमेटिक पेस्तोल बरामद गरिएको इलाका प्रहरी कार्यालय, इटहरीका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले जानकारी दिनुभयो ।

पक्राउ परेका लिम्बू यसअघि पनि ज्यान मार्ने अभियोगमा तीन वर्ष जेल सजाय पाएका व्यक्ति हुन् ।

पक्राउ परेका दुवैजनालाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको प्रनाउ राउतले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: